राजनीति

पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त

विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई रु १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेता कार्कीसहितका प्रतिवादीविरुद्ध रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० र बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.