अर्थ

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक (सूचीसहित )

आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटले यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ ।

कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन् । उनले रु १० लाख जितेका छन् । विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन् ।

छनोट हुनेमा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ रहेका छन् ।

विजेता उपभोक्तामध्ये दुई वटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ । छनोट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा यही साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमका पहिलो चरणका विजेता कुपन घोषणत गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.