अर्थसेयर बजार

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १५६ दशमलव ४७ मा पुगेको छ ।

मंगलबार विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ । मंगलबार १३ उपसमूहमध्ये छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो ।

मंगलबार १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो । त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो । नेप्सेका अनुसार मंगलबार अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.