जन सरोकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णालीको चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ ।

सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो । उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पुर्याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.