रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । बुधबार सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यक अनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वको कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो । उहाँले कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको जानकारी दिनुभयो ।
उपनेता पर्जुलिले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यक अनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले ७ दिनभित्र कार्यविधि बनाएर आगामी दिनमा संसदमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउन संशोधन कार्यदल बनाएको हो ।’




प्रतिक्रिया राख्नुहोस्