जन सरोकार
भोटेकोशी बाढी : २८ प्रहरी सम्पर्कविहीन
भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेका १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरीस्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक प्रहरी सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धार जारी रहेको तथा त्यस निम्ति तीन हजार ३१८ जना परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्