बिचार

फेसबुकमा लेखे, टिमुरे पुगे !

कोशी प्रदेशका सचिव कोषहरि निरौला ऐले खुब चर्चाँ छन् । अँझ सामाजिक सन्जालको भाषाँ भन्ने हो भने खुब भाईरल भाछन् । उनले लास र विगतको अनुभव सुनाएर सामाजिक सन्जालाँ यौटा अनुभव के पोष्ट्याथे ! बस, सरकारका सल्लाहकारले सामान्य प्रशासन मन्त्री काँ जाहेरी गरिहालेछन् ।

हुन त सल्लाहकारको कामै त्यै हो । सरकारको बिरोध हुन नदिनु र कतैबाट बिरोध आईहाले फटाकसे सम्बन्धित मन्त्री वा व्यक्तिकाँ जाहेर गरिहाल्नु उनरको धर्म पनि त हो । त्यसैका लागि त सरकारले नि मन्त्रीहरुलाई त्यति धेरै सल्लाकार नियुक्त गर्ने अधिकार देर राज्यको ढुकुटी खन्या छ । त्यसैले ऐलेको सरकार चाहन्छ आफ्ना गल्ती कमिकमजोरी देखाएर कसैले निन्दा नगरोस् ।

सम्पूर्ण जनताको नजरमा सरकार हाईहाई बनेर बसोस । यस्तो सोच राख्ने सरकारका विरुद्ध कसैले कमेन्ट गर्ने ? कमेन्ट नि अरुले हो र आफ्नै तलब खाने कर्मचारीले गर्ने ? यस्तो देखे सि अनि तब त मन्त्रीज्युले नि धडाक से सहसचिव निरौलाको सरुवा गरेर देखाई दिहाल्नु भो कि बालेन सरकारको आलोचना गर्दा कति महँगो फि तिर्नुपर्छ भनेर ।

मन्त्री नि बाठी रैछिन । ला त ! ऐलेको सबभन्दा अप्ठ्यारो ठाउँ भन्या त्यै रसुवाको टिमुरे हो । त्यै रसुवाको टिमुर्याँ गएर काम गर अनि बल्ल था पाउलास सरकारको आलोचना कति महँगो हुन्छ भनेर पठाई दिइहाल्नु भएछ, अब भएन त फसाद !

बिचरा निरौला ऐले, किन फोकटाँ सल्ला दे हुम्ला भनेर खप्पराँ हात लाएर रुनु न हाँस्नु भा छन् । के गर्ने हिजोका सरकारलाई सल्ला दिन बानी पर्या मान्छे यो सरकारलाई नि जावस न त भनेरै होला बिचराले सामाजिक सन्जालाँ कथा लेखेर भ्याउँदा नभ्याउँदै सरुवा भएछि बल्ल था पाए कि यो वली, प्रचण्ड र देउबाको सरकार हैन कि बालेनको सरकार हो भनेर ।

जब सरकारले सरकारी कर्मचारीको सल्ला चाईँदैन हामी आफ्नो सहयोगको लागि आफ्नै सल्लाहकार समिति बनाउँछम् भनेर चाईँदो र पुग्दो मात्राँ सल्लाहकार समिति बनाएर मन्त्रीहरु रात दिन काममा जुटिराछन त ! अनि कामको जिम्मेवारी पाका कर्मचारी खुरुक्क अफिस जाने आफ्नो दैनिक काम गर्ने बस्ने हैन र ? यो सरकार हिजोको छाडा र जल्लाई जे मन लायो त्यो गर्न दिने सरकार हैन नि ।

त्यसैले निरौला सर टिम्मुरेमा नि बुद्धि पुर्याएर काम गर्नु होला नि ! ऐलेसम्म रसुवामा उध्दारको कामका लागि सरकारले उध्दार टोली नपठाको भनेर ठूलो किरोध आइराछ ।

सामाजिक सन्जालाँ आका कुरा अनुसार रसुवामा पुरानै दलले चुनाव जितेको र त्याँ रास्वपाका ने तै नभा हुनाले सरकारले बाढी पीडितका लागि उध्दारको कामै नगरेको भन्ने हल्ला छ । त्यस्तो अबस्थाँ फेरि सरुवा गर्याँ ठाँ पुगेर लौ ह्याँ त उध्दार गर्ने सेनै छैन, पुलिसै छैन भनेर सरकारको कानै फुट्ने गरी चिच्याउन नथाल्नु होलानि ।

रसुवामा सरकारले के गर्या छ त्यो हेर्नू होला बस्नु होला केही जिम्मेवारी दिए सके गर्नु होला नसके सरकारसित सल्लाह माग्नु होला सरकारले जे सल्लाह दिन्छ त्यो गर्नु होला । अन्यथा यो चोटी त सरुवा मात्रै हुनु भाछ अर्कोचोटी बर्खास्तै भएर रुँदै घर जानू पर्ला नि !

सम्पूर्ण कर्मचारीज्यूहरु तपाईंहरले नि होस् गर्नोस है सरकारको विरुद्धाँ कईँकतै केही नओकल्नोस नत्र निरौलाकै जस्तो हालत होला अनि बल्ल था पाउला मच्चिमच्ची घण्टीयाँ भोट हाल्या । बरु सबैले भन बालेन सरकारको जयहोस् १

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.