जन सरोकार

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ विशेषज्ञ टोली निजी हेलिकप्टरमा नुवाकोटको त्रिशूली पुगेको थियो । त्यसपछि नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो ।

सेनाका अनुसार उक्त टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो । चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो । त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो ।

आइतबार मात्रै त्रिशूली–३ ‘बी’ मै नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास गरेका थिए । आज पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना गरी ३१ जनाले खोज तथा उद्धारको प्रयास जारी राखेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.