राजनीति

भदौ २३ गते बस्ने भनिएको राष्ट्रियसभा बैठक सार्वजनिक बिदाका कारण २४ गतेका लागि सर्यो

राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका कारण बैठक सरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.