जन सरोकार

सङ्खुवासभामा गोली हानी शिक्षकको हत्या

सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो ।

विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.