मलेसियामा जारी एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान सामू जितको लागि १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको वायुमास क्रिकेट ओभल मैदामा बएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ४ चौकाको मद्दतमा ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ८८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४७ रन बनाए ।
नेपाल ३६-४ को को दयनिय अवस्थामा हुँदा यी दुईले पाँचौं विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए । यस्तै देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् सकेन । नेपालले लगातार रुपमा विकेट गुमाउँदा खेलमा ओमान हाबी भएको थियो ।
ओमानका लागि जय ओडेडरा र हस्नैन शाहले समान ३-३ विकेट लिए भने मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।
समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउनुहुन्छ ।
“नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन । टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल र ओमानबीचको विगत
हालसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ ।
पछिल्लोपटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो ।
नेपाल आज पनि सोही लय दोहोर्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।





प्रतिक्रिया राख्नुहोस्