पार्टी फुटाएर आफ्नो भाग्य चम्काउने दाउ !
ऐले काँग्रेसीहरु ठूल्ठूला डल्ला खान पाम्ला भन्ने कल्पना गरेर पाटी फुटाउन उध्दत छन् । खास गरी आरजुका प्रिय देवर डा. प्रकाशशरण महत पाटी फुटाउनका लागि शेरबहादुर देउबालाई उचाल्न विमलेन्द्र, प्रकाशमान, विजय गच्छदार लगायतलाई लिएर भौतारिरहेका सम्चार सामाजिक सन्जालाँ छ्याप्छ्याप्ति छन् ।
कुनै हालताँ नि पाटी नेतालाई एक हुन नदिने मात्रै हैन कि कुनै हालताँ हुनै नसक्ने र गर्नै नसकिने कुरा “विधान संशोधन” गरेर देउबालाई पाटी सभापति बना हैन भने पाटी फुटाल्छम् भनेर डा. प्रकाशले हुँक्कार हालेछि गगनले नि पूरा गराउन नसक्ने माग कल्ले पूरा गर्दिने हो था छैन ।
यै निहुँमा चुनदेवीवालाहरले अब काँग्रेस फुटाल्छन् भन्ने कुराँ कमिनिष्टसितै बालेन सरकार नि टाढैबाट यिनरका गतिविधि हेरेर मुसुमुसु मुस्कुराउँदैछ । देउबालाई सभापति बनाउन सहमत नभा हुनाले यै बहानाँ अब काँग्रेस फुट्ने प्रष्ट भएको छ । त्यसाँ यौटा पक्षको नेतृत्व गगनले र अर्को पक्षको नेतृत्व कसलाई गराउने हुन् त्यो चुनदेवीकै हाताँ रह्यो ।
उता हामी जेनजी, काँग्रेसका सच्चा भक्त हामी, चारतारे र रुखका हकदार पनि हामी भनेर गगनको टिम हतार हतार पाटी महाधिवेशनाँ जुट्या छ । यिनरको हतारले नि चुनदेवीवालाहरलाई ऐले पाटी फोडेछि केई भैजान्छ कि भन्ने आश चाईँ लाईराछ जस्तो देख्खियो । त्यो के भने गगनतिर सिट नपाका चुनदेवीतिर आउँछन र तिनलाई नै लेर पाटी दौडाउने हो भन्ने पक्षाँ डा. प्रकाश देखिन्छन ।
के गर्ने पैले काँग्रेसमा देखिएका गगन हुन् कि डा. प्रकाश या हुन् निधि र गच्छदार वा कोइराला खानदान यिनीहरु जसरी धोईपखाली भएर चुनाबका बेला जनताकाँ आए नि ऐले जनताले यिनलाई कलो हाल्दिने छाँट देखिन्न । यिनरका पालाँ भाको भष्टाचार नातावाद र मनपरितन्त्रका कारण आजित भएका जनताले अँझै २० वर्ष यिनरको कर्तुत विर्सने छैनन् ।
तर कोई पाटी फुटालेर अर्कै पगरी गुथेर अनि कोई काँग्रेसै भएर सिंगै देश नै आफ्नो कब्जाँ बनाउँने कल्पना गरेर आँफुलाई नेता सम्झिए नि अबको राजनीति त्यति सजिलो छैन । हिजोको जस्तो पाटीलाई मागी खाने भाँडो बनाउन खोजिया छ त्यो अभियान पूरा गराउन सजिलो छैन र देखिन्न ।
यिनरले फागुन २१ को चुनाबको परिणाम नदेख्या हुन् कि नसुन्या हुन् अचम्मै लाग्छ । जसरी वलीले त्यो चुनाबाँ रास्वपालाई एआईले जिता हो जनताले जिता हैनन् भनेर हुँकार हाल्याछन् त्यस्तै हुँक्कार त काँग्रेसीहरले हाल्या छैनन् तर पनि चुनाबी परिणामपछि पनि जनताले अँझै पनि हाम्लाई सत्ताँ पुर्याउँछन र हाम्रा दिन फेरिपनि फर्किन्छन र चम्किन्छन भन्ने जुन आशा अँझै पनि यिनरले गर्याछन् त्यो अबस्था आउन नदिन ऐल्या सरकारले मरिमेट्या कुरा यिनरको मथिङ्गलमै घुस्दैन ।
त्यसैले विपीले लगाईद्या रुख गोडन पाए कतै फेरि भदौ २३ अघिका दिन आइहाल्थेकि भन्ने दाउमा लाग्या काँग्रेसीहरुको ऐलेको तितरवितरको स्थिति हेर्दा तिनरले सोच्या जस्तो सजिलो छैन । अनि काँग्रेसकै नाममा जतिसुकै पाटी बनाएर गएनि मान्छेका अनुहार त उनै हुन् अनि जनताले उनरको अनुहार काँ बिर्सन्छन ?!
भष्टाचार, भ्रष्ट कर्मचारी संगठन र कालोधन्दा गर्नेहरुको आडमा बसेर राष्ट्रिय ढुकुटीमा लुट मच्चाएकाहरुको कर्तुत जनताले यति छिटै विर्सेलान र फेरि पनि काँग्रेस पाटीलाई नै जिताउलान् भन्ने आश कसैले नि नगर्दा हुन्छ ।
जेनजी आन्दोलन पछि जनता धेरै बाठा भैसके । खै त प्रधानमन्त्रीकै नामबाट गगनले चुनाब हारे त ! जनताले काँग्रेसका नाममा मत दिने भए गगनले चुनाब हार्थे र ? त्यसैले पाटी फोडेर चुनाब जित्छम् भन्ने चुनदेवीवालाहरुको सपना भोटेकोशीको बाढिले बगाइसक्यो । चेतना भया !





प्रतिक्रिया राख्नुहोस्