राजनीति

संविधान दिवस मनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

नेकपा (एमाले)ले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।

एमालेको ६३ जिल्ला अधिवेशन

एमालेका महासचिव शङ्कर पोखरेलले आज प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै यही असोज ३ गते संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभएको हो ।

महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गगर्नुभएको सो पार्टीले जनाएको छ ।

एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.