जन सरोकार

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै सङ्कलन गरिएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.