जन सरोकार
दुई अर्ब १६ करोडको गैरकानुनी क्रिप्टो कारोबारी पक्राउ
गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । (रासस)




प्रतिक्रिया राख्नुहोस्