क्रिकेटखेल

एनपिएलमा आज दुई खेल हुने, विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ । विराटनगर प्रतियोगितामा तीन खेलमा एक जित र दुई हारसहित दुई अंक जोड्दै छैटौं स्थानमा छ भने समान खेलमादुई जित र एक हारसहित चार अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यता लुम्बिनी दुई खेलमा एक जित र एक हारसहित दुई अंक जोड्दै अंक तालिकाको चौथों स्थानमा छ भने समान खेलमा अंकविहिन पोखरा तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.