राजनीति
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
भेटका अवसरमा उहाँहरूबीच नेपाल युरोपेली सङ्घबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।(रासस)




प्रतिक्रिया राख्नुहोस्