क्रिकेटखेल

एनपिएलमा जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै 

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जिती पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । टस हारे सँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको प्रतियोगितामा अपराजित लुम्बिनी तीन खेलमा पाँच अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ । साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।

यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ । चार खेलबाट दुई खेलमा जित तथा दुई खेलमा हार सहित जनपुरले ४ अङ्क जोेडेको जनकपुर अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।

जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले र पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दा कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.