राजनीति

सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको उहाँको सचिवालयले जनाएको छ ।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिनुभयो । साथै, उहाँले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको उल्लेख गर्नुभयो ।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो । उहाँहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.