राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको सम्पन्न खेलमा काठमान्डुले विराटनगर किङ्सलाई नौ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेइयो । विराटनगरको लागि रुपेश सिंहले २७ रन बनाए भने एञ्जेलो म्याथ्युजले २२ रन जोडे ।
त्यस्तै बसिर अहमदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमान्डुको लागि सन्तोष यादवले तीन विकेट लिए भने सहान अराच्चिगेले र जहानदाद खानले समान दुइ-दुई विकेट लिँदा, करण केसी, शाहद आलम र देव शाहको भागमा समान एक-एक विकेट रह्यो ।
विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमान्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए भने साहिल पटेल १० रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके ।
यसअघि बिहीबारै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जोनक्पुर बोल्ट्सलाई १६ रनले पराजित गर्यो ।




प्रतिक्रिया राख्नुहोस्