जन सरोकार
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ ।(रासस)




प्रतिक्रिया राख्नुहोस्