ओपनर तृतराज दासको अर्धशतकीय पारीमा काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्स सामू जितको लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो । जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले २१ रन बनाए ।
त्यस्तै अभिषेक तिवारी १० बलमा २४ रनमा अविजित रहँदा जिम्मी निशमले ११, हर्मीत सिंह, अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९-९ रन जोडे ।
पोखराका लागि शाकिब अल हसनले सर्वाधिक तीन विकेट लिए भने चमिका करुणारत्नेले दुई विकेट लिँदा महेदी हसन, र मोहम्मद सैफुद्दिनको भागमा समान एक-एक विकेट रह्यो ।




प्रतिक्रिया राख्नुहोस्