जन सरोकार

मलद्वारभित्र पौने दुई किलो सुन लुकाएर ल्याउने चिनियाँ नागरिकलाई पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार आज बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

उनले मलद्वारभित्र सुनजस्तो पहेँलो अर्धठोस पदार्थसहित प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाइछिपाइ ल्याएको फेला पारेपछि निजलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको सहप्रवक्ता नेउपानेले बताउनुभयो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.