थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्स राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको हो ।
चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन रनको अर्धशतकीय पारी खेले भने सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले तीन विकेट लिए भने थारिन्दु रत्नायकेले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेको भागमा समान एक-एक विकेट रह्यो । चितवनले दिएको १३ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमको लागि थरिन्दु रत्नायकेले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले बहनेबिनोद भण्डारीले २३ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्दा इशान पाण्डे र आरिफ शेखले समान १०-१० रन बनाए । चितवनको लागि रञ्जित कुमारले दुई विकेट लिए भने रिजन ढकाल, कमस सिंह ऐरी, उसमा मिर र सलाहुद्दीन खानको भागमा समान एक-एक विकेट रह्यो ।
अब सुदूरपश्चिमले उपाधिको लागि आगामी शनिबार लुम्बिनी लायन्ससंग भिड्ने छ । यसअघि पहिलो क्वालिफायरमा सुदूर्पस्चिम लुम्बिनीसँग नै पराजित भएको थियो ।




प्रतिक्रिया राख्नुहोस्