प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्घको सम्बोधनमा नै देखेको हुँ : प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताउनुभएको छ ।
हाल भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री शाहले गत सेप्टेबरमा न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभालाई गर्नुभएको सम्बोधनको प्रसङ्ग भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको हो ।
विश्वका कान्छो उमेरका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री शाहले गरेको सो सम्बोधनबाट आफूले प्रधानमन्त्री शाहको दुरदर्शिता देखेको भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो ।
साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको धारणा राख्दै नेपाली जनताले विश्वास गरेर ऐतिहासिक जनादेश दिएका प्रधानमन्त्री शाहको कार्यकालमा पनि भारत नेपाल सम्बन्ध उस्तै प्रगाढ र ऐतिहासिक रहने विश्वास व्यक्त गर्नुभयो ।
सो सम्बोधनका क्रममा उहाँले भारत नेपाल सम्बन्ध केबल छिमेकीको सम्बन्धमा मात्र सीमित राख्न नमिल्ने भन्दै यो सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृति लगायतको रहेको पनि स्पष्ट गर्नुभयो ।
उहाँले दुई देशबीचको सम्बन्ध भगवान राम र सीताप्रतिको आस्थासँग जोडिएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो “भारतको अयोध्याधाम या भगवान राम नेपाल र नेपाली नागरिकबिना अधुरो नै रहन्छन् । त्यसैले पनि हाम्रो सम्बन्ध अतुलनीय र महत्वपूर्ण रही आएको छ ।”(रासस)




प्रतिक्रिया राख्नुहोस्