जन सरोकार

सिक्किमको मंगन नजिक केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंसहित विभिन्न स्थानमा धक्का महसुस

भारत सिक्किमको मंगन जिल्ला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान बिहान ७ बजेर १७ मिनेट जाँदा मंगन जिल्ला आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यसहित नेपालको कोशी प्रदेशका केही जिल्लामा तथा भारतको सिक्किम र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले उल्लेख गरेको छ ।

भूकम्पबाट भएको सम्भावित क्षतिबारे भने विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.