जन सरोकार
अपडेट : ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको जनाएको छ । (रासस)




प्रतिक्रिया राख्नुहोस्