अर्थ

पाँच सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० ले बढ्द चाँदी रु ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.