जन सरोकार

अयोध्याबाट छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुर आइपुग्यो

भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेको छ । आज बिहान नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेको हो ।

हिजो (सोमबार) प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेसंगै आज रेल जनकपुरधाम आइपुगेको हो ।

अयोध्याधामबाट सोमबार दिउँसो १२:३० बजे छुटेको रेल आज बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो। रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव संघीय श्रममन्त्री रामजी यादवले त्तहा स्थानीयले स्वागत गर्नुभएको थियो ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ । १७ वटा डिब्बा रहेको यस रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा रहेको छ । उक्त रेल आज दिउँसो १ बजेसम्म फर्किने समय तालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.