प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोलाई मिस युनिभर्सको ताज
प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटो मिस युनिभर्स २०२६ बनेकी छिन्। नोभेम्बर २५ मा राजधानी सान जुआनमा आयोजित ७५ औं फाइनलमा उनलाई विजेताको ताज पहिराइएको थियो।
मिस युनिभर्स २०२५ फातिमा बोशले आफ्नी उत्तराधिकारी ब्यारेटोलाई ताज पहिराइन । जेनिफर यो उपाधि जित्ने पहिलो विवाहित महिला र आमा हुन्। शीर्ष पाँचमा ब्यारेटोसँगै मिस युनिभर्स फिलिपिन्स, मिस युनिभर्स न्युजिल्यान्ड, मिस युनिभर्स भेनेजुएला र मिस युनिभर्स डोमिनिकन रिपब्लिक पुगेका थिए ।
प्रतियोगितामा ११० भन्दा बढी देश तथा क्षेत्रका प्रतिस्पर्धी सहभागी थिए, जसमा मिस युनिभर्स सेन्ट मार्टिन र मिस युनिभर्स युगान्डाजस्ता फाइनलमा पहिलो पटक सहभागी भएका देश तथा क्षेत्र पनि समावेश छन् ।
उनको जितसँगै प्युरोर्टो रिकोले छैटौं पटक ताज जितेको छ । डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप थिइन् र भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्।
जेनिफर एक मोडेल र सामाजिक कार्यकर्ता हुन्। जेनिफर अघि, प्युरोर्टो रिकोका पाँच प्रतियोगीहरूले मिस युनिभर्सको ताज जितेका छन्। १९७० मा मारिसोल मलारेट, १९८५ मा डेबोरा कार्थी-ड्यू, १९९३ मा दयानारा टोरेस, २००१ मा डेनिस क्विनोनेस र २००६ मा जुलेका रिभेराले उपाधि जितेकी थिइन्।
जेनिफर विवाहित छिन् र उनको एक छोरी छिन्। डिजाइनर जर्ज विटल्स र मेसन डी’ओरको सहकार्यमा तयार पारिएको नयाँ ताजको नाम ‘द रेडियन्स अफ एन इटरनल लिगेसी’ राखिएको छ, जसमा १८ क्यारेट सेतो सुनमा तीन हजार एक सय ५० वटा हीरा जडान गरिएको छ ।
पहिले, मिस युनिभर्स प्रतियोगितामा अविवाहित महिलाहरूले मात्र भाग लिन सक्थे। यद्यपि, अब विवाहित र सम्बन्ध विच्छेद भएका महिलाहरूले पनि भाग लिन सक्छन्।
मिस युनिभर्स संगठनले २०२३ संस्करणबाट सुरु गर्दै आफ्नो नियमहरू परिवर्तन गर्यो, जसले विवाहित महिला र आमाहरूका लागि प्रतियोगिताको ढोका खोल्यो।




प्रतिक्रिया राख्नुहोस्