जापान आउदै हुनुहुन्छ ! नेपाल बाटै सिम बुक गरेर आउनुस

एनआईटिभी टेलिकमले  नेपालमै रहनुभएका नेपाली तथा अन्य बिदेशीहरुलाई लक्षित गरेर जापान प्रवेश गरे संगै gharmaiमै सिम दिने योजना सार्बजनिक गरेको छ । नेपाल बाटै मोबाईलको सिम बुक गरेर जापानको बस्ने ठाउँमै सिम डेलिभेरी हुने कम्पनिले जनाएको छ ।

Ymobile-मोबाईल  SIM प्लान सुरु
एनआईटिभी टेलिकमले Ymobile सिम र फोन निशुल्क प्लान सुरु गरेको छ । 6GBडाटा र हुवाबे मोबाईल सहित मासिक 3280येनको प्लान सुरु भएको हो । यो योजना डीपेन्डेन्ट ,बिद्यार्थी,एसएसडब्ल्यु, स्किललेबर भिसा बाहकहरुको लागी लक्षित गरेर ल्याइएको जनाइएको छ ।

यो पनि पढ्नुहोस : जेरो येनमै नयाँ आइफ़ोन 

नेपाल बाट दिईएको भाइबरमा कनेक्ट गरि अनलाईन सिम, पकेट वाइफाई अर्डर गर्न सकिनेछ । टेलिकमका प्रतिनिधि रिद्दी तुम्बाहान्फेका अनुसार जुनसुकै भिसामा नेपाल गएर जापान फर्किने भए पनि सिम प्रदान गरिने योजना ल्याइएको हो , जापानमा पहिले नै सिम प्रयोग गरेका तर बिल तिर्न नपाएकाहरुले पनि सहजै एक कलको भरमा सिम अर्डर गर्न सक्नेछन ।

१ जीबी देखि ५० जीबी सम्मको डाटा- आइफ़ोन किस्तामा 
जापानमा बिगत लामो समय देखि टेलिकम सेवा प्रदान गर्दै आएको एनआइटिभीले #1GB-3GB-5GB-15GB-20GB-50GB सम्मको नयाँ प्लान सार्बजनिक गरेको छ ।  ९६० येन देखि मासिक बिल सुरु रहेको सिम संग नयाँ आइफोंन ,एण्ड्रोइडफोन समेत किस्ताबन्दीमा लिन सकिने कम्पनिले जनाएको छ । जापानका AU,SOFTBANK,DOCOMO,YMOBILE,UQ लगाएतका कम्पनीमा कालोसूचीमा रहे पनि, क्रेडिट नभए पनि, भिसा अबधि कम भए पनि ग्राहकले प्रक्रिया पुरा गरि सिम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

परिवार योजना निरन्तर
यस अघि नै सार्बजनिक गरेको परिवार योजना (FAMILY DATA SHARE PLAN) भने निरन्तर रहेको छ । एनआईटिभी सिम प्रयोगकर्ताहरुका लागि परिवारका लागि नयाँ सिम चाहिएमा कुनैपनि झंझट विना सिम पाईने जनाएको छ। नियमित रुपमा एनआईटिभी सिम प्रयोग गर्दै आउनु भएका तथा परिवारका साथमा एकै साथ सिम लिन चाहने ग्राहकहरुका लागि नयाँ योजना ल्याएको मासिक 960 येन विलबाट सुरु हुने एनआईटिभीको नयाँ योजनामा परिवारका लागि नयाँ सिम लिदाँ थप सुविधा थियो । जसमा परिबारका सदस्य मध्ये एक जनाको नाममा दुइ वटा सिम झिक्न मिल्ने सुबिधा ,मासिक बिल पनि एकै जनाको बैंक एकाउन्ट बाट भुक्तानी गर्न मिल्ने रहेको छ । दोस्रो सिम लिदा मासिक मात्र 600 येन पर्छ ।

यो पनि हेर्नुहोस:

‘एनआईटिभी सिम पाएँ, मासिक दशहजार जोगाएँ’

ADVT

प्रतिक्रिया राख्‍नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.