राजनीति

भ्रष्टाचार नियन्त्रण र सुशासन आवश्यक

जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

उहाँले संघीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष राउतले युवाहरूलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिनुभयो भने यस पटक आफ्नो पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.