क्रिकेटखेल

आइपिएलमा दिल्लीको छैटौं जित, राजस्थान २० रनले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले छैटौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई २० रनले पराजित गर्दै दिल्लीले प्रतियोगितामा छैटौं जित निकालेको हो ।

आइपिएल

जारी सिजनमा राजस्थानको भने यो तेस्रो हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरलले ३६ बलमा ६५ र ज्याक फ्रेसर म्याकगुर्क २० बलमा ५० रनको अर्धशतकीय पारी खेले भने ट्रिस्टन स्टब्सले २० बलमा ४१ रन बनाए ।

त्यस्तै गुल्बदिन नाबीले १९ रन जोड्दा अक्षर पटेल र कप्तान ऋषभ पन्तले समान १५-१५ रन बनाए । राजस्थानको लागि रविचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहलले समान १-१ विकेट लिए । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रनमात्र बनाउन सक्यो ।

राजस्थानको लागि कप्तान सन्जु स्यामसनले ८६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शुभम दुवेले २५ रन जोड्दा रियान परागले २७, जोस बटलरले १९ र रोभमन पावलले १३ रन बनाएका थिए । दिल्लीको लागि खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए भने अक्षर पटेलको नाममा एक विकेट रह्यो ।

जितपछि दिल्ली १२ खेलबाट १२ अंक जोड्दै तालिकाक पाँचौं स्थानमा उक्लिएको छ भने ११ खेलमा १६ अंक जोडेको राजस्थान दोस्रो स्थानमा रहेको छ। आइपिएलमा आज नेपाली समय अनुसार राति पौने ८ बजे सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.