जन सरोकार

कोरोनाबाट मृत्यु हुनेको सख्यामा थपियो छ सय १८ जना

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक र नेपाली सेनाले गरेको शव व्यवस्थापनको संख्या बेमेल भैरहेका बेला र शव व्यवस्थापनको आधारमा कुल मृतकको संख्या ६ सय १८ जना बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलृ कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको जनाए पनि । शव व्यवस्थापनका गरिएका ६ सय १८ जनासंगै मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो ।

कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् ।

मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो । उक्त समितिले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले प्रष्ट्याउनुभयो ।

शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन । बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमले खुलाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.