जापान

जापानमा क्रिकेट खेलेर गौतम बुद्ध क्रिकेट रंगशालालाई ५० हजार येन संकलन

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ जापानमा मैत्रीपूर्ण क्रिकेट आयोजना भएको छ । राजधानी टोकियोस्थित एदोगावा क्रिकेट मैदानमा नेपालीहरुबीच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरी ५० हजार येन संकलन भएको जानकारी प्राप्त भएको छ ।

फेब्रुअरी २३ आइतबार टोकियोको राहिनोज र एमआरआरमा रहेका नेपालीहरुबीच आयोजना भएको मैत्रिपूर्ण खेलमा करिब ४० जनाको उपस्तिति रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई मान्जोकु हाउस टोकिये शिनोकोबुको तर्फबाट प्रमाणपत्र र खाना नास्ताको ब्यबस्था भएको थियो ।

मैत्रिपूर्ण प्रतियोगिता सम्पन्न भए लगत्तै गौतम बुद्ध क्रिकेट रङशालाका लागि ५० हजार येन उठेको जानकारी दिंदै सो सहयोग रकम अर्को नेपाल पठाइने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.