जन सरोकार

महिला दिवस मनाइरहँदा दैलेखकी एक महिला चार छोरीसहित कर्णालीमा हामफालिन

विश्वभर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस महिला अधिकारका विषयमा चर्चा, बहस, प्रतिबद्धता जनाउँदै मनाइदै गर्दा दैलेखकी एक महिला आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

समाचार अनुसार सोमबार जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुका अनुसार नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ भने आमा र दुई छोरी बेपत्ता छन्न ।

साहुका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.