अर्थ

एक अर्ब ३२ करोडको नक्कली भ्याट बिल जारी गर्ने २८ जनाबिरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले रु एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको पाइएको छ ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरूले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार भ्याटतर्फ रु ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ रु ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ रु दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.