अर्थ

बाँकी रकम एक महिनाभित्र तिर्ने लिखित प्रतिबद्धतासहित अन्नपूर्ण सुगर मिलले पठायो किसानको खातामा ५० लाख

चिनी मिलले उखुको भुक्तानी नदिएपछि काठमाडौं आएर आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानको पैसा नदिनेमध्ये एक अन्नपूर्ण सुगर मिलले सबै वक्यौता रकम एक महिनाभित्र तिर्ने लिखित प्रतिबद्धतासहित किसानको खातामा ५० लाख रुपैयाँ जम्मा गरिदिएको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले सो जानकारी दिंदै एक महिनाभित्र बाँकी भुक्तानी गरिसक्ने लिखित प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले दिएको जानकारी अनुसार लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ । यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने छ ।

त्यस्तै अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी समेत दिनुभएको थियो ।

सो उद्योगले उखु किसानको ४० करोड तिर्न बाँकी रहेको किसान प्रतिनिधिले बताए पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.