जन सरोकार

सिस्टममा आएको खराबीका कारण राहदानी वितरण अवरुद्ध

नयाँ सरकार गठन भएसंगै राहदानी वितरणलाई सजिलो बनाउने घोषणासहित आवश्यक निर्देशन दिएकै बेला सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ ।

राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको विभागले जनाएको छ ।

विभागका निर्देशक दुरपदा सापकोटाले सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने जानकारी दिंदै अर्को सूचना जारी नहुँदासम्म मंगलबारदेखि राहदानी लिन नआउन विभागले आग्रह गर्नुभएको छ ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.