खेल

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स विश्व वरियतामा चौधौँ स्थानमा

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियतामा चौधौँ स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले मंगलबार सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका हुन् ।

जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए ।

लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए । उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए । जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.