राजनीति

पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा नेतृत्वलाई सहमति गर्न सुझाव

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा सभापतिहरुले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका छन् ।

जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिनुका साथै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका नेतामा वैमनस्य नहुुनुपर्नेमा जोड दिनुभएको दैलेखका सभापति कृष्णकुमार बिसीले जानकारी दिनुभयो ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल समूहले सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो । बैठकमा आज केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत र डा शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।

केन्द्रीयसमिति बैठकबाट महासमिति भेलाले गरेको निर्णय लत्याउने काम गएको, निलम्बन गरिएका विधानका दफा फुकुवा गर्नुपर्ने र बहुमतका आधारमा गरिएका निर्णय सच्याउनुपर्ने बारेमा चारै नेताले जोड दिनुभएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताउनुभयो ।

केन्द्रीय समिति बैठकले यही पुस ११ गते पार्टीको चौधौँ महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो ।

‘जिल्ला सभापति परामर्श बैठक’मा सोमबार वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराउनुभएको थियो भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि गरिएका प्रयास बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी हुनुहुन्छ । भोलिसम्म चल्ने बैठकमा सोमबार र मङ्गलबार गरी २८ जिल्ला सभापतिले आफ्ना धारणा राख्नुभएको रोल्पाका सभापति अमर पुनले जानकारी दिनुभयो । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित हुनुहुन्छ ।

बैठकमा सबै नेतालाई एक थलोमा राखेर महाधिवेशनको कार्यतालिका निर्माण गर्दै अघि बढोस् भन्ने सुझाव आएको र त्यही सुझाव पार्टी सभापतिसहित सबै नेतालाई बैठक समापनपछि दिने जिल्ला सभापतिहरुले बताएका छन् ।
‘महाधिवेशन कार्यतालिकामा छलफल गर्न सभापति खुला हुनुहुन्छ’
जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटकपटक केन्द्रीय समिति बैठक सार्नुभएको जानकारी गराउनुभयो । महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महाधिवेशनको मिति तोकिएको छ । त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा ‘सभापति’ जहिले पनि खुला हुनुहुन्छ । महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो ।”

नागरिकका अधिकार कुण्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता ्महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गर्नुभयो । “हाम्रो ऊर्जालाई तितरवितर गर्नुको सट्टा एकीकृत भएर महाधिवेशनको प्रक्रियामा अघि बढ्ने र लोकतन्त्रको रक्षाका लाग पार्टी केन्द्रीत हुनुपर्छ । एकवर्ष समयावधि थप गर्ने र फागुनमा महाधिवेशन गर्ने बारेमा कुनै विमति नै छैन” उहाँले भन्नुभयो ।

“सभापति देउवा भ्रातृ संस्था, केन्द्रीय विभाग, कार्यतालिकामा कहाँनिर परिमार्जन गर्नुपर्‍यो तयार हुनुहुन्छ । बैठकमा आएपछि न त्यस बारेमा छलफल हुन्छ रु” नेता महतले भन्नुभयो, “सभापतिले सहमतिका लागि धेरै प्रयास गर्दा पनि कुनै उपाय नलागेपछि उहाँहरु ९वरिष्ठ नेता पौडेल समूह० को अनुपस्थितिमा निर्णय भएको हो ।” सबै जना बसेर केन्द्रीय समितिको बैठक बसेमा परिमार्जन गर्ने ठाउँ छ भने परिमार्जन गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.