जन सरोकार

चिकित्सा शिक्षामा अर्को सनसनी : घूस माग्ने र घूस खुवाउनेको दोहोरी

नेपालको चिकित्सा शिक्षामा व्यापक अनियमितता छ । सरकारले तोकेको शुल्क र मापदण्ड पूरा नगरी शक्तिको आडमा स्वीकृति लिनेहरुको बोलवाला छ । अझै कतिपय मेडिकल कलेजहरु सम्बन्धको प्रतिक्षामा छन् र यसका लागि ठूलै कसरत गरिरहेका छन् ।

यसै क्रममा स्वीकृतिको पक्षमा रहेको एक मेडिकल कलेजका संचालकले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो कलेजलाई सम्बन्धन दिन एक अधिकारीले २० करोड घूस मागेको आरोप लगाए ।

यो प्रकरणले अनलाइन समाचार पोर्टलहरुमा सनसनी मच्चियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसंग निकट रहेका र शक्तिको आडमा मेडिकल कलेजको सम्बन्ध लिन निकै कसरत गरिरहेका बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्ध दिन बीस करोड घुस मागेको आरोप लगाएका थिए ।

प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाए लगाएलगत्तै पत्रकार सम्मेलन गरी गिरीले कडा प्रतिवाद गर्दै आरोप पुष्टि गर्न कडा चुनौती दिंदै आफ्नो मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनीसमेत दिनुभएको छ ।

पत्रकार सम्मेलनमा गिरीले भन्नुभयो “आरोप सुनेर आश्चर्य लाग्यो । यो कपोलकल्पित हो र मलाई खेद छ । यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन । आफू मंसिर १५ गते द्धारिका होटल नै नगाएको र यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।”

त्यसअघि बी एण्ड सी मेडिकलका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीलाई सम्बन्धन दिन २० करोड रकम मागेको दाबी गरेका हुन् ।

प्रसाईका अनुसार “गिरीले ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागे । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०/२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ । त्यसपछि गिरीले मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस् भने ।”

पत्रकारहरुले घूस मागेको प्रमाण छ भन्ने प्रश्नमा उनले भने- “मैले रेकर्ड गरिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.