राजनीति
पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजाले माल्यार्पण गर्ने
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा उहाँका वंशज पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

पूर्व राजाका संवाद सचिव फणिराज पाठकका अनुसार यसवर्षको पृथ्वी जयन्तीमा पनि सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो साढे १२ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्