जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाईसहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्