जन सरोकार

चिल्लो सडकमा गुडिरहेको बस अचानक पल्टिटएपछि…

भिरो, साँघुरो सडकमा सवारी दुर्घटना हुनु र चिल्लो, सम्म र फराकिलो सडकमा गडिरहेको बस नै अचानक पल्टियो भने त्यो आश्चर्यको विषय हुन पुग्छ । बिहिबार विहान यस्तै भयो काठमाडौँको भद्रकालीमा ।

भद्रकालीको काशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टियो । तीनजना मात्रै सवार रहेको सो बस बीच सडकमा पल्टिंदा तीनैजना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.