एमसीसी नेपालको विकासमा अमेरिकी ग्राह्यता, अनुमोदन गर्नुपर्छ : देउवा
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तापक्षका नेताहरुबीच नै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा सभापति देउवाले एमसीसी नेपाली कांग्रेस पार्टीले अनुमोदन गर्ने भनेर पास गरिसकेको जानकारी गराउँदै नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको हुँदा यसलाई अनुमोदन गरेर जानुपर्ने बताउनुभएको हो ।
सो क्रममा उहाँले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन सो पार्टीले नसक्ने भए आफूहरुलाई दिन पनि आग्रह गर्नुभएको छ ।
भापति देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको भन्दै नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ संसदलाई बन्धक बनाउन मिल्दैन भन्दै चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्