राजनीति

परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसै गरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो ।

आजै विशेष दूत सर्जियो गोरले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.