खेलफूटबल

राष्ट्रिय लिग फुटबल : चर्च ब्वाइजले बराबरी खेल्दा, फ्रेन्ड्स क्लबको विजयी सुरुवात

बुधबारदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबबीचको खेलमा १–१ गोल भएको हो ।

खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए ।

त्यसपछि खेलको ६५औँ मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

सोही मैदानमा बुधबारै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३–१ गोलको जित निकाल्दै विजयी भयो । उक्त प्रतियोगितामा भोलि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ ।

उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.