जन सरोकार
२० करोड घूस लिएको आरोप लगाउने प्रसाईलाई पक्राउ पूर्जी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घूस मागेमको आरोप लगाएका बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरलाई पत्राचार गरेको छ ।
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईले अभद्र व्यवहार, गाली बेइज्जती र मानहानी गरेको भन्दै दिएको आधारमा सो पत्रचार गरेको भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
गत पुस २३ गते प्रसाइले पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको अरोप लगाउनु भएको थियो । उहाँको आरोपको प्रतिपाद गर्दै डा. गिरीले आरोप पुष्टिगर्न चुनौती दिनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्