जल/वातावरण

मौसम : कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.